महिन्दा एक्सयूभी-७०० बजारमा आउने तयारीमा, यस्तो छ विशेषता



एजेन्सी । महिन्द्रा एण्ड महिन्द्राले एक्सयूभी-७०० मोडलमा काम गरिरहेको छ । कम्पनीले सन् २०२१ को मध्यमा महिन्द्रा एक्सयूभी– ७०० मोडल भारतमा सार्वजनिक गर्ने तयारी गरेको छ । यो कारलाई कम्पनीले लगातार टेस्ट गरिरहेको छ ।

महिन्द्रा एक्सयूभी-७०० अहिले भारतको पुणेमा टेस्ट गरिरहेको तस्बिर बाहिरिएको छ । उक्त तस्बिरमा यस कारको साइड र पछाडिको डिजाइन देख्न सकिन्छ । यसबाट डिजाइन सम्बन्धी केही जानकारी पाउन सकिन्छ ।

महिन्द्रा एक्सयूभी- ७०० कम्पनीको डब्ल्यू ६०१ मोनोकोक प्लेटफर्ममा तयार गरिएको हो । नयाँ एक्सयूभी- ७०० लम्बाई र चौडाईमा हाल बजारमा उपलब्ध एक्सयूभी- ५०० भन्दा ठूलो हुनेछ ।

कम्पनीले नयाँ एक्सयूभी- ७०० दुई इन्जिन विकल्पका साथ बजारमा ल्याउनेछ । जसमा २.२ लिटर एमहोक डिजल इन्जिन र २.० लिटर एमस्टालियन टर्बो पेट्रोल इन्जिन भएको भारतीय मिडियाहरुको अनुमान छ ।

यसको उच्च-स्पेक भेरियन्ट अल-ह्विल-ड्राइभ सिस्टमका साथ प्रस्तुत गरिनेछ । यो इन्जिन महिन्दा थारबाट लिइएको अनुमान छ । र, यसको पावरमा भने केही परिवर्तन पाउन सकिन्छ ।

तस्बिर अनुसार महिन्द्र एक्सयूभी-७०० एलईडी टेल लाइट, छतमा स्टप ल्याम्प, शार्प फिन एन्टिना, रुफ रेल लगायत देख्न सकिन्छ । साइडमा फ्लस्ड डोर ह्यान्डल देख्न सकिन्छ । कारमा ठूलो मल्टी अलो ह्विल रहनेछ ।

यसका साथै अन्य फिचरमा भेन्टिलेटेड फ्रन्ट सिट, ड्यूल–जोन क्लाइमेट कन्ट्रोल, कनेक्टेड कार फिचर, पुश-बटन स्टार्ट/स्टप फकसन रहेको छ ।

यस कारमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम पनि देख्न सकिन्छ । जसमा एडप्टिभ क्रुट कन्ट्रोल, इभरजेन्सी ब्रेकिङ र अटोनोमस पार्किङ असिस्ट लगायत छन् । महिन्द्रा एक्सयूभी- ७०० कम्पनीको भारतीय लाइनअपमा फ्लैगशिप मोडल हुनेछ ।


पुष्प दुलाल