सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली नियुक्त



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली निसुक्त भएका छन् ।

बैंकको  मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव भएका ज्ञवालीलाई आषाढ १ गते देखि लागू हुने गरी  स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

सुदेश खालिङको राजीनामापछि रिक्त भएको स्वतन्त्र संचालकको पदमा ज्ञवालीलाई नियुक्त गरिएको हो ।

शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।

बैंकमा सहायक प्रबन्धकबाट बैंकिंङ पेशा शुरु गरेका ज्ञवासीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्य सम्पादन गर्नुका साथै नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ ।

फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।


क्लिकमान्डु