भाइरस नास गर्ने उपकरण भाइरोशील्ड अब १५ हजार ५९० रुपैयाँमा
काठमाडौं । आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणुरहित बनाउन उपयुक्त मानिएको गोदरेजको भाइरोसिल्ड सिजी ईलेक्ट्रोनिक्सको इओएल प्रालिले अब १५ हजार ५९० रुपैयाँमा बिक्री गर्ने भएको छ ।
यो भाइरोशिल्डले २ देखि ६ मिनेटभित्रमा भाइरोसिल्डले युभी-सी रेमार्फत् ९९ प्रतिशतभन्दा बढी कोभिड–१९ भाइरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ ।
भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । भाइरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन ।
आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ ।