बैंकहरुले ब्याजदर परिवर्तन गरिएको जानकारी एसएमएस वा इमेल गरेर जानकारी गराउनु पर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैलाई ब्याजदर परिवर्तनको जानकारी विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।
मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेका थिए । बैंकका ग्राहकले आफूलाई थाहै नदिई बैंकहरुले ब्याजदर घटबढ गर्ने गरेको गुनासो बढेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्यतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ ।
यो भनेको बैंकहरुले मोवाइलमा म्यासेज पठाएर वा इमेल गरेर ग्राहकलाई व्याजदर परिवर्तनको जानकारी गराउनु पर्ने भएको छ ।