नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी



काठमाडौं । अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । अमेरिकाले मे १० तारिखमा ‘न टु ट्राभल’ क्याटागोरीमा नेपाललाई पनि राखेको हो ।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण दर उच्च हुँद गर्दा अमेरिकाले यस्तो एड्भाइजरी जारी गरेको हो । अमेरिकाले नेपालसहित कैयन देशका लागि पनि यस्तो प्रकारको एड्भाइजरी जारी गरेको छ ।

अमेरिकाले नेपाललाई लेभल ४ मा राखेको छ ।

नेपालमा भ्रमण गर्न चाहनेहरुले दूताबाससँग सम्पर्क राख्न समेत भनेको छ । साथै एक्लै यात्रा नगर्न समेत भनेको छ ।

अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा नेपालमा स्वास्थ्य पूर्वाधार अमेरिकाको जस्तो नभएको समेत उल्लेख छ ।


क्लिकमान्डु