शिवम् सिमेन्टको नाफा २६.५२ प्रतिशतले बढ्यो



काठमाडौं । शिवम् सिमेन्टको नाफा साढे २६ प्रतिशतले बढेको छ । कम्पनीले प्रकाशित गरेको चैत महिनासम्मको वित्तीय विवरण अनुसार गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाफा २६.५२ प्रतिशतले बढी हो ।

कम्पनीले गत आवको ९ महिनामा ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो भने चालु आवको सोही अवधिमा नाफा बढेर १ अर्ब ९ करोड ८० हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ । गत आवको समीक्षा अवधिमा सञ्चालन आम्दानी ७ अर्ब ८ करोड ४० लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो आम्दानी बढेर ७ अर्ब ३५ करोड ५१ लाख पुगेको छ ।

कम्पनीको गत आवको समीक्षा अवधिसम्ममा कुल खर्च ६ अर्ब ६ करोड ५५ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो खर्च ६ अर्ब ९ करोड ३१ लाख रुपैयाँ छ ।

कम्पनीले विभिन्न कम्पनीको सेयरमा ३ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम गत आवको समीक्षा अवधिमा ३ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३३.०३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २१५.३८ रुपैयाँ छ ।


क्लिकमान्डु