ग्लोबल आइएमई लघुवित्तले वितरण गर्यो मास्क तथा सेनिटाइजर



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखा कार्यालयहरुले कोभिड–१९ को प्रहरी सुरक्षाकर्मीहरुको स्वस्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले मास्क तथा सेनिटाइजर वितरण गरेको छ ।

संस्थाको वाणगंगा, जुडाडाँडा, खैरहनी, माडि र तानसेन लगायतका शाखा कार्यालयहरुले नजिकैको प्रहरी कार्यालयहरुमा २२ लिटर सेनिटाइजर तथा २५ प्याकेट मास्क वितरण गरेका छन् ।

संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले पनि सुरक्षाकर्मीको उच्च मनोबलमा थप योगदान पुग्ने विश्वास लिएको छ ।

वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।


क्लिकमान्डु