सबैको लघुवित्तको सीईओमा केशव पौडेल पुन नियुक्त



तनँहु । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा केशव कुमार पौडेल पुन नियुक्त भएका छन ।

आज वैशाख २४ गते विहान वसेको वित्तीय संस्थाको सचालक समितिको ८६ औ वैठकले २०७८ जेठ १ गतेवाट लागु हुने गरि थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पौडेललाई नियुक्ति गरिएको हो ।

२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थावाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा बिभिन्न पद हुदैं प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य गरेको अनुभव छ । २०७४ जेठ १ गतेदेखि सवैको लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी वहन गरेका पौडेलको यही मिति ०७८ वैशाख मसान्तसम्म मात्र कार्यअवधी रहेको थियो । निजको बित्तीय अनुभव र कार्यकुशलताको सम्मान गर्दै बोर्डले आगामी ४ बर्षका लागि पुन प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको हो ।

संस्थाले ०७८ चेैत्र मसान्त सम्म ७ वटै प्रदेशका ३७ जिल्लाहरुमा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयहरुको संजाल बिस्तार गरेको छ । सोही अवधी सम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा रु. ३ अर्व १४ करोड ६४ लाख रहेको छ भने बचतमा ८१ करोड ८९ लाख रहेको छ ।


क्लिकमान्डु