इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौं । इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी गर्न अझ सहज भएको छ ।

नेपालीहरूले आफ्नो कम्युटर तथा मोबाईलबाटै कम लागतमा आफ्नो बैंक एकाउण्टमा तथा इसेवा वालेमा रियल टाइममा रेमिट्यान्स् पठाउन सकिनेछ । साथै पेरू रेमिट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजारभन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ ।

सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, ‘पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अष्ट्रेलियामा रहेका नेपालीलाई नेपालमा पैसा पठाउने भर पर्दो माध्यम बनेको छ । यो सम्झौताले अन्तर्राष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पुर्याउने छ ।’

यस्तै पेरू रेमिटका प्रबन्ध निर्देशक इश्वर दाहालले प्रविधिको प्रयोगबाट सुरक्षित सरल र बैधानिक माध्यमको रूपमा नेपाल पैसा पठाउन इसेवासँग सहकार्य गरिएको बताए ।

पेरू रेमिट अष्टे«लियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो, जहाँबाट अष्टे«लियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स् पठाउन सकिन्छ । पेरू रेमिटले डिजिटल माध्यमबाट छिटो, सस्तो र सुरक्षित तवरले रेमिट्यान्स् पठाउन सकिने सेवा दिँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत् पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


क्लिकमान्डु