कोभिड-१९ मा सिजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर लाभदायक



काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरी हालै सिजी ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ ।

अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरी खाना मिल्ने बनाउनलाई सिजीले फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको हो ।

यो प्युरिफायर १० लिटरको क्षमतामा बजारमा पाइने कम्पनीले जानकारी दिएको छ । यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्न सकिन्छ ।

प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्ने कम्पनीको भनाइ छ ।

यसमा ओजोन डिसइन्फेक्सन टेक्नोलोजी भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगसआदिलाई मारेर खानालाई प्रोशोधित गर्दछ । यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरुलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ ।

यसमा अटोमेटिक टाइमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ । कम्पनीले यसको खरिदमा १२ महिनाको वारेण्टीको पनि ब्यवस्था गरेको छ ।


क्लिकमान्डु