कर बुझाउने समय थप्न र जरिवाना नलिन उद्योग वाणिज्य संघ काठमाडौंको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सरकारसमक्ष कर बुझाउने समय थप गर्न माग गरेको छ ।

कोरोना महामारीको दोस्रो लहर अप्रत्याशित एवम् अकल्पनीय रुपमा तीव्ररुपमा बढेको हुनाले लागू भएको निषेधाज्ञाका कारण उद्योगहरु पूर्णरुपमा बन्द भएकाले कर बुझाउने समय थप गर्न सरकारसँग माग गरेको हो ।

यस्तो अवस्थामा मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको मास्केवारी तथा कर राजस्वहरु दाखिला गर्न असहज र असुरक्षित भएकाले वर्तमान विषम परिस्थिति सहज नहुञ्जेलसम्मका लागि म्याद थप तथा जरिवाना छुटको व्यवस्था गर्न संघले आग्रह गरेको छ ।


क्लिकमान्डु