सेयर बजारमा बाउन्स ब्याक, नेप्से ९२.४६ अंकले बढ्दा यी कम्पनीले कमाए सबैभन्दा धेरै



काठमाडौं । कोरोना महामारीका कारण हकस्पट बनेका मुलुकका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी हुँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।

आइतबार र सोमबार राताम्मे भएको सेयर बजारमा मंगलबार भने हरियाली छाएको छ । निषेधाज्ञामा पनि सेयर बजार बन्द नहुने भएपछि लगानीकर्ताहरुको आकर्षण सेयर बजारमा देखिएको छ ।

मंगलबार नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९.०८ अंकमा बन्द भएको छ । यो दिन १ करोड २ लाख २ हजार २१९ कित्ता सेयर ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्यस्थिर छ ।

उपसमूहतर्फ जलविद्युत (६.४८ प्रतिशत), ट्रेडिङ (५.५५ प्रतिशत), माइक्रोफाइनान्स (४.७७ प्रतिशत)ले बढेका छन् । यो दिनको कारोबारमा सबै उपसमूहमा हरियो देखिएको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीमा माथिल्लो तामाकोसी (१० प्रतिशत), विशाल बजार कम्पनी (९.९९ प्रतिशत) महिला लघुवित्त वित्तीय संस्था (९.९६ प्रतिशत), युनाइटेड इन्स्योरेन्स (९.८९ प्रतिशत) र समिट लघुवित्त (९.७५ प्रतिशत) छन् ।

त्यसैगरी मल्टिप्रपोज फाइनान्स (९.६४ प्रतिशत), ग्लोवल आइएमई लघुवित्त (९.५० प्रतिशत), अरुण भ्याली हाइड्रोपावर (९.३१ प्रतिशत) र छ्याङदी हाइड्रोृपावर (९.२९प्रतिशत)ले बढेको छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा आइसीएफसी फाइनान्स डिबेञ्चर १.९४ प्रतिशतले, ग्लोवल आइएमई डिबेञ्चर १.८७ प्रतिशतले, एसबीएल डिबेञ्चर २०८३ १.७५ प्रतिशतले, एनआइबीएल समृद्धि फन्ड–१ १.११ प्रतिशतल र गुडविल फाइनान्सको सेयर मूल्य १.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी माथिल्लो तामाकोसी छ भने त्यसपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी, नबिल बैंक र छिमेकी लघुवित्त कम्पनी छन् ।


क्लिकमान्डु