सिद्धार्थ बैंकको नाफा ५४.१२ प्रतिशतले बढ्यो
काठमाडौं । सिद्धार्थ बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा नाफा ५४.१२ प्रतिशतले बढाएको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा बैंकको नाफा बढेर २ अर्ब ६ करोड ५२ लाख पुर्याएको छ ।
निक्षेप संकलनतर्फ भने बैंकले समीक्षा अवधिमा १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँबाट बढाएर चालु आवको सोही अवधिमा १ खर्ब ७२ अर्ब ३१ करोड रुपैयाँ पुर्याएको छ ।
त्यसैगरी कर्जाप्रवाहतर्फ भने १ खर्ब २३ अर्ब ५७ करोड रुपैयाँबाट बढाएर १ खर्ब ५३ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकको रिजर्भमा ८० करोड ४९ लाख रुपैयाँ छ भने वितरणयोग्य नाफा ८३ करोड १४ लाख ४९ हजार छ ।
बैंकको खराब कर्जा अनुपात ०.८८ प्रतिशत, कस्ट अफ फण्ड ५.०९ प्रतिशत, सीसीडी रेसियो ७८.०१ प्रतिशत, बेस रेट ६.९९ प्रतिशत र स्प्रेड रेट ३.९० प्रतिशत छ ।