नेपाल बंगलादेश बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद नाफा ६३% ले बढ्यो



काठमाडौं । नेपाल बंगलादेश बैंकले ६३ प्रतिशत बढीले खुद नाफा वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा ६३.०२ प्रतिशत अर्थात् ६३ करोड ३३ लाख रुपैयाँ थप गरी १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो ।

बैंकले चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै सो अवधिमा ९८ करोड ३२ लाख २९ हजार रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको उल्लेख गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ १०.३२ प्रतिशतले र कर्जा प्रवाहतर्फ १२.१२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म ७३ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले १ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७.३५ प्रतिशतले कम हो ।

तर, सो अवधिमा बैंकको सञ्चालन आम्दानी भने ३६.५४ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म २ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ ।

यसैगरी, सो अवधिमा बैंकको खराव कर्जा अनुपात, २.७६ प्रतिशत, बेसरेट ७.५६ प्रतिशत, स्प्रेडरेट ४.१५ प्रतिशत, प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा, प्रतिसेयर मूल्य ३ सय ९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ६५ रुपैयाँ ४६ पैसा, तरलता अनुपात २९. ८१ प्रतिशत र पुँजी कोष अनुपात १३.७७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु