ब्रोकरहरुलाई नेप्सेको ७ बुँदे निर्देशन, भैतिक दुरी कायम गरी सेवा सञ्चालन गर्न सुझाव
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले कोरोना महामारीको बढ्दो जोखिमलाई ध्यान दिँदै ब्रोकरहरुलाई भौतिक दूरी कायम गरी सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।
सोमबार ७ बुँदे निर्देशक जारी गर्दै नेप्सेले ब्रोकरहरुलाई लगानीकर्तालाई अनलाइनको प्रयोग गर्न प्रोत्साहन गर्न समेत निर्देशन दिएको छ ।
नेप्सेले भनेको छ, सदस्य दलाल तथा धितोपत्र व्यापारीले नेप्सेसँग गर्नुपर्ने कामकारबाहीका लागि भौतिक उपस्थिगतीलाई सम्भव भएसम्म कम गर्ने, नेप्सेमा पेश गर्नुपर्ने कागजातहरु यथासम्भव इमेलमार्फत् अभौतिक रुपमा पठाउन निर्देशन दिएको छ ।
साथै ब्रोकरहरुले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंकमार्फत् इमेल पठाउन लगाउने र सोको जानकारी नेप्सेमा पठाउन निर्देशन दिएको छ ।