सिटिजन्स बैंकले भिडियोमार्फत् क्यूआर कोडको प्रवर्द्धन गर्दै, यस्तो छ भिडियो



काठमाडौं । पछिल्ला दिनमा कलात्मक तरिकाले प्रविधिको बारेमा जानकारी दिने प्रयास गरिदै आएको छ । सोही क्रममा सिटिजन्स बैंक इन्टरनेशनले पनि कलात्मक तरिकाले क्यूआर कोडको प्रयोगलाई बढावा दिने भिडियो सन्देश सार्वजनिक गरेको छ ।

मानिसलाई सहज रुपमा कुनै पनि सेवाको बारेमा जानकारी दिने ध्येयका साथ भिडियो बनाइएको बैंकको भनाइ छ । क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गर्न भिडियो सार्वजनिक गरेको हो ।

बैंकले बिहीबार क्यूआर कोड प्रयोग सम्बन्धी एक सन्देशमुलक भिडियो सार्वजनिक गर्दै नगदरहित कारोबारको प्रवद्र्धन आम नागरिक समक्ष पुर्याउने लक्ष्य राखेको छ ।

झण्डै २ मिनेट ३० सेकेण्डको भिडियोमा क्यूआर कोड कसरी प्रयोग गर्ने भन्ने बारेमा सरल तरिकाले जानकारी दिन खोजिएको छ ।

भिडियोमा एक जना यादव थरका वयस्क मूख्य पात्र छन् । यस्तै गुरुङ सर नामका अर्का पात्र छन् । यादवका छोराको करबलमा उनले मोबाइल खरिद गरेका हुन्छन् ।

भिडियोमा देखाइएको छ, उनले हालै छोरोको कारण स्मार्ट फोन खरिद गरेका छन् । उनले आफ्नो कार्यालयमा कलमले कपीमा लेख्दै गर्दा उनका सहकर्मीले कम्प्युटरको जमानामा कलमले नलेख्न सुझाव दिएका छन् ।

कार्यालयमै सहकर्मीहरुसँग चिया पिउँदै गर्दा एक जना स्टाफले उनलाई फेसबुकमा साथी बन्न अनुरोध गर्छन् । तर, यादव दैनिक भेटघाट भइरहेको भन्दै उनी उनको कुरा वेवास्ता गर्छन् । उनी प्रविधिको प्रयोग बारे अनविज्ञ देखिन्छन् ।

यादव अफिसबाट घर फर्किँदै गर्दा बाटोमा एक जना युवति दुर्घटनामा परेको देखाइन्छ । ती युवतिलाई उनले लागि नजिकैको मेडिकलमा लिएर उनका लागि पानी बेन्डिज खरिद गर्न लाग्दा यादवको पर्समा कपैसा कम देखिन्छ ।

सोहीबेला उनले बिहान घरमा छोराले भनेको सम्झन्छन् । क्यूआर कोड स्क्यान गरेर पानी र बेन्डेज को पैसा तिर्छन् ।

सन्देशमुलक तरिकाले भिडियो बनाएर बैंकले क्यूआर कोडको प्रयोगलाई बढावा दिन लागेको छ । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले क्यूआर कोडको प्रयोगलाई बढावा दिँदै आएका छन् । सोही क्रममा सिटजन बैंकले पनि त्यसैलाई जोड दिएको हो ।

स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल