नक्कली पीसीआर रिपोर्ट भएको आशंकामा १३६ जना यात्रु विमानस्थलबाट फर्काइए



काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा विदेश जान खोज्ने १३६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् ।

अध्यागमन विमागका निर्देशक झंकनाथ ढकालका अनुसार ९ हजार रुपैयाँमा स्वाव नै नलिइ पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरले बनाएको पीसीआर रिपोर्ट नक्कली भएको पाइएपछि उनीहरुलाई विमानस्थलबाटै फर्काइएको हो ।

ढकालका अनुसार जजिरा एयरका ३७ जना, एयर अरेबियाका ५४ जना यात्रु र सलाम एयरका ४५ जना यात्रुले सुरिया हेल्थ केयरले बनाएको नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा उनीहरुलाई फर्काइएको हो ।

उनीहरुलाई विमानस्थलबाट बुधबार बिहान फर्काइएको हो ।

महानगरीय अपराध महाशाखाले मंगलबार सुरिया हेल्थ केयरमा छापा मारेको थियो । जसमा विदेशी जानेहरुलाई ९ हजार रुपैयाँमा स्वाव नै नलिइ पीसीआर रिपोर्ट दिने गरेको पत्ता लागेको थियो ।


क्लिकमान्डु