जेफ बेजोसलाई पछाडि पार्दै एलन मक्सले ३ अर्ब डलरमा पाए चन्द्रमामा मान्छे पठाउने ठेक्का



विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोसको कम्पनी ब्लू ओरजिनलाई पछि पार्दै मक्सको कम्पनीले ठेक्का प्राप्त गरेको हो । सन् २०२४ भित्र अन्तरिक्षय यात्रीलाई चन्द्रमा पुर्याउने यान निर्माण गर्न मस्कको कम्पनीलाई नासाले २.९ विलियन अमेरिकी डलर बराबरको ठेक्का दिएको हो ।

फोब्र्स अनुसार बेजोफ विश्वका सर्वाधिक धनी र मस्क तेस्रा धनी व्यक्ति हुन् । सन् १९७२ पछि नासाले पहिलो पटक चन्द्रमामा मानिस सहितको अन्तरिक्षय यान पठाउन खोजेको हो ।
मस्कको स्पेसएक्सले टेन्डरमा एकल प्रतिस्पर्धा गरेको थियो । बेजोसको ब्लू ओरजिनले लकहिड मार्टिन कर्प, नर्थरोप ग्रुममेन कर्प र डिरेपरसँगको सहकार्यमा ठेक्का हालेको थियो । उक्त टेन्डरका लागि डिफेन्स कन्ट्रयाक्टर ड्यानेस्टिक इन्चले पनि प्रतिस्पर्धा गरेको थियो ।

नासाको ठेक्का प्राप्त गरेपछि मस्कले आफ्नो ट्वीटरमा ‘नासा रुल्स्’ पोष्ट गरेका थिए । आर्टमिस (मानवता चन्द्रमा फर्कन्छ) कार्याक्रम अन्तर्गत स्पेसएक्सलाई ठेक्का दिइएको हो । स्पेसएक्सले निर्माण गर्ने यानबाट २ अमेरिकी अन्तरिक्षय यात्रीलाई चन्द्रमाको सतहमा उतारिनेछ ।


क्लिकमान्डु