एफएनसीसीआईको अनुशासन समितिको सभापतिमा पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अनुशासन समितिको सभापतिमा पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ चयन भएका छन् । समितिको उप–सभापतिमा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी छन् ।
त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् ।
समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान छन् ।