केन्ट आरओले ल्यायो नयाँ वर्षका लागि अफर



काठमाडौंः नेपालका लागि केन्ट उत्पादनका लागि एक मात्र आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्सले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

केन्ट आरओले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘स्वछ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि, यो नयाँ वर्ष मनाऔं केन्ट आरओसँग सहर्ष’ भन्ने नारासहित अफर ल्याएको हो । जसमा केन्टको कुनै पनि आरओ मोडलको खरिदमा ‘लक्की ड्र’मा सहभागी भइ हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एलजीको रेफ्रिजरेटर, एलजीकै एलईडी टिभी र तीन वटा गोदरेज भाईरोशिल्डका साथ–साथै अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स मोडलको स्कूटर जित्न पाइनेछ ।

चैत ८ गतेपछि कुनै पनि केन्ट आरओ खरिद गर्ने सबै ग्राहक लक्की ड्र र बम्पर लक्की ड्रमा भाग लिन सक्नेछन् । लक्की ड्रमा भाग लिनका लागि केन्ट आर.ओ.(स्पेस) आफ्नो नाम (स्पेस) ठेगाना (स्पेस) खरिद गरेको मिति (स्पेस) उत्पादन मोडेल नाम (स्पेस) सिरियल नम्बर टाइप गरी ३७००१ मा एसएमएस पठाउनु पर्नेछ ।

यो योजना सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु