एमाले प्रवेश गरेका किशोर प्रधानलाई दुई सातामा सरकारले बनायो वायुसेवा निगमको संचालक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानले लाभको पद प्राप्त गरेका छन् ।

प्रधानलाई सरकारले नेपाल वायुसेवा निगमको संचालक पदमा नियुक्त गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष रहेका प्रधान दुई पटकसम्म बरिष्ठ उपाध्यक्षको निर्वाचन हारेका प्रधानलाई मन्त्रीस्तरिय निर्णयबाट निगमको संचालक पदमा नियुक्त गरेको हो ।

प्रधानले आफु लाभको पदभन्दा पनि व्यवसायीको मुद्दालाई स्थापित गर्न एमालेमा प्रवेश गरेको बताएका थिए ।

प्रधान सहित २ सयभन्दा बढी व्यवसायी बालुवाटारमा एमाले प्रवेश गरेका थिए ।


क्लिकमान्डु