नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच सम्झौता
काठमाडौं । नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच स्थानीय तयारी पोशाक उत्पादन व्यवसायीबीच सम्झौता भएको छ । बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता गरिएको हो ।
नलि बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र एनएसटीपीउएसका अध्यक्ष किशोर नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
साझेदारीको बारेमा बोल्दैै निरज कुमार बस्नेत (डनिल)ले मुलुकको विकासका लागि स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तीय पहुँचको माध्यमबाट मात्र सम्भव भएको बताए ।
उनले यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ स्थानीय तयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जालगायत बिभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने बताए ।
त्यस्तै नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष, श्री किशोर नेपालले आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठूलो सम्भावना र आशाको किरण तथा सम्बृद्धीको बाटो हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।
कार्यक्रममा नबिल बैंकका तर्फबाट मनोज कुमार यादव, प्रबन्धक-लघुवित्त विभाग र एनएसटीपिउएसको तर्फबाट उपाध्यक्ष सुमित प्रधानको उपस्थिति थियो ।