ग्रोथ सेलर्सको १३औं एचआर मिट सम्पन्न



काठमाडौं । मानव संसाधन पुँजीलाई विकशीत गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्यका साथ अघी बढेको ग्रोथ सेलर्सले १३औं एचआर मिट सम्पन्न गरेको छ ।

सन् २००८ देखि हालसम्म एचआर मिटको आयोजना गर्दै आइरहेको कम्पनीले चैत्र १२ र १३ गते दुई दिने गैरआवसीय सम्मेलन सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन प्रो डा. सन्दुक रोईतले गरे ।

सम्मेलनमा मानवसंसाधन भित्रका विभिन्न विषयमा छलफल भएको थियो प्रबन्ध निर्देशक मोहन ओझाले जानकारी दिए ।

यसपटकको मुख्य विषय क्रियट एजाइल इन्भारोमेण्ट थियो । सामान्य विषयवस्तु बाहेक विभिन्न विषयवस्तु थप गरिएको थियो ।
विभिन्न कम्पनीलाई काठमाडौं विश्वविद्यालयका पूर्व विभागीय डिन प्रो डा. सुभास केसीको अध्यक्षतामा गठन भएको निर्णायक मण्डलमार्फत् विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा ानवसंधानको क्षेत्रमा लामो योगदान गरेर अबकास प्रात ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

त्यसैगरी आयोजनले सिएसआर अन्तर्गत सामूदायिक विद्यालयका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।


क्लिकमान्डु