हिमालयन बैंकले ल्यायो एचबीएल डलर प्रिपेड कार्ड
काठमाडौं । हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबीएल डलर प्रिपेड कार्ड’ प्रचलनमा ल्याएकोे छ ।
यस सुविधा अन्तर्गत हिमालयन बंैकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्दछन् ।
यस कार्ड सुविधाबाट खातावालाहरुले भारतबाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् ।
इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
हाल बैंकले ७१ शाखा, ४ बिस्तारित काउन्टर, १४६ वटा एटीएम र ४ हजार २ सयभन्दा बढी पीओएस टर्मिनल्समार्पmत् आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।