गरिमा विकास बैंकले शुरू गर्यो ‘रहनुहोस् होसियार’ अभियान
काठमाडौं । गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट फ्रड÷फिसिङबारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक सञ्जालबाट एक महिना लामो ‘रहनुहोस् होसियार’ नामक अभियान चलाइरहेको छ ।
यस अभियान अन्तर्गत हरेक दिन यस बैंकले इन्टरनेट फ्रड÷फिसिङ सम्बन्धित विभिन्न चेतनामूलक साम्रगीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ ।
चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाइल बैकिङमार्फत् हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियोमार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ ।
यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आईटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ ।
हाल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ ।