बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने विषय च्याप्टर क्लोज, ब्रोकरको शाखा विस्तारमा जोड



काठमाडौं । सेयर लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको वाणिज्य बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने च्याप्टर क्लोज भएको छ ।

धितोपत्र बोर्डमा अध्यक्षको रुपमा आएका भिष्मराज ढुंगानाले वाणिज्य बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने विषय बन्द नै भएको बताए ।

‘बैंकहरु सेयर ब्रोकरको लाइसेन्स चाहिएको भन्दै आएका छैनन्,पत्रकारलाई मात्र यो विषय बढी चासो भएको देखियो,’ढुंगानाले क्लिकमाण्डूसँग भने ।

धितोपत्र बोर्डले सेयर कारोबारलाई सहज बनाउनको लागि ब्रोकरको शाखा कार्यालय विस्तारमा जोड दिएको ढुंगनाको भनाइ छ ।

बैंकका सहायक कम्पनी सेयर ब्रोकरको लाइसेन्स चाहियो भन्दै नआएपछि यो विषय च्याप्टर क्लोज भएको ढुंगानाले बताए ।

‘ब्रोकरको शाखा कार्यालय विस्तारमा धितोपत्र बोर्डले जोड दिएको छ,ब्रोकरहरु शाखा कार्यालय विस्तारमा लाग्न खोजेका छन्,बोर्डले त्यसमा जोड दिन्छ,’ढुंगानाले थपे ।

धितोपत्र बोर्डले हालै मात्र ३४ नम्बर ब्रोकर भिजन सेक्युरिटी, ३६ नम्बर ब्रोकर सेक्युर्ड सेक्युरिटिज, ब्रोकर नम्बर ५७ आर्यतारा र थप एउटा ब्रोकर रहेको छ ।

धितोपत्र बोर्डले कावासोती, वेनी, तनहुको दमौली, झापाको दमक, र चितवनको टाँडीमा शाखा स्थापना हुने छ ।

धितोपत्र बोर्डमा सेयर लगानीकर्ताले बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिन माग राख्दै आएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सहायक कम्पनी मार्फत सेयर ब्रोकरको काम गर्न सक्ने व्यवस्था गरेको छ ।

जस अनुसार केही वाणिज्य बैंकले सेयर ब्रोकरको काम गर्नको लागि सहायक कम्पनी समेत खोलेका थिए ।


क्लिकमान्डु