युनिग्लोव कलेजद्वारा सेमी भर्चुअल मोडेलमा आठौं अन्तराष्ट्रिय सम्मेलन सम्पन्न



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोव कलेजले यही फागुन ४ र ५ गते २ दिने अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ ।

सेमी भर्चुअल मोडेलमा आयोजना गरिएको उक्त कार्यक्रममा अमेरिका, युके, फ्रान्स, स्लोभेनिया, मलेसिया, जापान, भारतलगायत २० वटा मुलुकको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रिसिन्पल एवं म्यानिजिङ निर्देशक डा. नरबहादुर विष्टले कोभिड पछाडिको अर्थतन्त्रलाई उकास्न र त्यसको अध्ययनलाई निरन्तरता दिन यस्ता कार्यक्रम निकै फलदायी रहेको बताए ।

हरेक वर्ष झै यसवर्ष पनि यस कार्यक्रमले निरन्तरता पायो । तर यो वर्ष सेमी भर्चुअल मोडेलको नयाँ अभ्यासबाट कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । हालसम्म युनिग्लोव कलेजले मात्र ८ पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको छ ।

कार्यक्रममा उक्त कन्फरेन्सका अध्यक्ष एवं कलेजका शैक्षिक निर्देशक प्रा. डा. राधेश्याम प्रधानले यस्तो कार्यक्रम विभिन्न देश बीचमा सम्बन्ध विकास गर्ने र खोजमुलक अनुसन्धान प्रति विद्यार्थीको रुचि बढ्नेछ भन्ने अभिप्रायले यो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताए ।

कार्यक्रममा विभिन्न २० राष्ट्रका प्राज्ञिक व्यत्तित्वहरुले आफ्नो विचार र अनुसन्धानहरु प्रस्तुत गरेका थिए । कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले कार्यक्रममा १२ सयभन्दा बढिको सहभागिता रहेको बताए ।

साथै युनिग्लोव कलेजको यस प्रयासले विद्यार्थीहरुमा आत्मविश्वास बढाउने र क्षमता अभिवृद्धी गर्ने विश्वास प्रकट गरे ।

यसपटकको कार्यक्रम कोभिड १९ को कारणले सीमित विद्यार्थीहरुलाई भौतिकरुपमा कलेजमै बोलाएर र बाँकीलाई अनलाइनमार्फत् सहभागिता गराएको जानकारी दिए ।

साथै, कार्यक्रम भव्यताका साथ सम्मन्न भएको र नेपालमै पहिलो पटक शैक्षिक संस्थाको आयोजनामा २० राष्ट्रको सहभागितामा ऐतिहासिक रहेको बताए ।


क्लिकमान्डु