सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा



काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने उद्धेश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्ने लक्ष्य सहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रे बैंकले देशका सातै प्रदेशमा क्युआर कोड सेवा शुरुवात गरेको छ ।

चैत्र ८ गते आइतवार नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषि बजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाइन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाईन गरी ४ स्थानमा क्युआर कोड सेवाको शुरुवात गरे ।

त्यसैगरी नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकलेचैत १० गते मंगलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलको प्रमुख आतित्थ्तामा व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरको छ ।

यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरी क्युआर कोड सेवा सुरु गरेको थियो ।
बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ ।

डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिदै जारी विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु