महासंघमा स्टार्टअप एण्ड इन्नोभेसन समिति गठन, समितिले सारेको यस्ता छन् मुख्य कार्यहरू



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक स्टार्टअप एण्ड इन्नोभेसन समिति गठन गरेको छ ।

महासंघले स्टार्टअपहरुको प्रबर्द्धनमार्फत् मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा कार्य गर्न वर्तमान कार्यकालमा स्टाअर्प एण्ड इन्नोभेसन समिति गठन गरेको हो ।

कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित समितिमा स्टार्टअप एण्ड इन्नोभेसन क्षेत्रमा स्थापित यूवा उद्यमीहरु संलग्न हुने महासंघले जनाएको छ ।

समितिले नव उद्यमीहरुलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्ने, आर्थिक रुपान्तरण मार्गचित्रमार्फत अघि सारेको प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग गर्ने कार्य अघि सारेको समितिका सदस्य रञ्जितराज आचार्यले जानकारी दिए ।

साथै, उक्त समितिले स्टार्टअप/उद्योग व्यवसायको बारेमा अध्ययन गर्ने, मुलुकभित्र नविनतम सोचसहितको उद्यमशीलता प्रवद्र्धन गर्न उद्योग मन्त्रालय अन्तर्गतलगानी प्रवद्र्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयाँ सोचसहित केही गर्न अघि सारेका नव उद्यमीहरुको पहिचान गरी उनीहरुलाई अगाडि बढ्न आवश्यक पूँजी लगानी स्वरुप जुटाई सहयोग गर्ने लगायतका महत्वपूर्ण कार्यहरु गर्ने उनले बताए ।

त्यसैगरी, महासंघका अध्यक्ष शेखर गोल्छाले स्टार्टअप एण्ड इन्नोभेसन कार्यक्रम नेपालका लागि सान्दर्भिक र शक्तिशाली कार्यक्रम रहेको बताए । साथै, महासंघले उक्त कार्यक्रमको शुरुवाती गरेसँगै महत्वपूर्ण खुड्किला रहेको उनले बताए ।

नयाँ नेतृत्व आएसँगै २०३० सम्मका कसरी अर्थतन्त्रलाई हामी १०० अर्ब डलर बनाउन सक्छौं र कसरी देशमै ४ लाखभन्दा बढीलाई रोजगारी दिक्छौं भन्ने एउटा भिजन पेपर तयार भएको जानकारी दिए ।

‘नेपाल हालसम्म पनि इन्नोभेसनमा पछाडि रहेको छ । त्यसैले इन्नोभेसनमा जबसम्म अगाडि बढ्दैनौं तबसम्म सुखी नेपाल समृद्ध नेपालको लक्ष्य पूरा हुँदैन,’ उनले भने । साथै, नेपालमा हाल पनि स्टार्टअपहरुको लागि ठूलो समस्या रहेको उनले बताए ।

यी हुन् समितिले अगाडि सारेका मुख्य कार्यक्रमहरू
महासंघले नविन सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप÷उद्योग व्यवसायहरुको व्यवसायिक सफलताका लागि समिति अन्तर्गत रहेको इनभेष्टर फोरम मार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको छ । यसका लागि यही चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिनेछ ।

साथै, आवेदन दिन चाहने स्टार्टअप÷उद्योग व्यवसायीहरु कम्तीमा एक वर्ष र सो भन्दा बढी सञ्चालनमा आएको हुनुपर्नेछ । आवेदन सबै क्षेत्र (कृषि, उत्पादनमुलक, सुचना प्रविधि, सेवा) का लागि खुला गरिने छ ।

यस्तै, स्टार्टअप/उद्योग व्यवसायहरु लागनीका लागि छनौट भई सकेपश्चात उनीहरुलाई लागनीकर्ता माफ पु¥याउन पहिलो तीन महिनाको मेन्टरशीप कार्यक्रममा समावेश गराइने छ । उद्यमशीलता सम्बन्धि परामर्श दिन लामो व्यवसायिक अनुभवी हासिल गरेका सफल २० जना मेन्टरहरुको रोष्टर तयार गरिएको महासंभले जनाएको छ ।

साथै, एक स्टार्टअप/उद्योग व्यवसायलार्य एक मेन्टरका हिसाबले २० स्टार्टअप/उद्योग व्यवसायलाई मेन्टरशीप कार्यक्रममा लामो व्यवसायिक अनुभव बटुलेका मेनटरहरुमार्फत् करिब ३ महिना परामर्श दिई उद्यम गर्न समक्ष बनाइने रंजितराज आचार्यले बताए ।

‘मेन्टरशीपमा सफलतापूर्व मेन्टरिङ पूरा गरेका स्टार्टअप÷उद्योग व्यवसायीलाई मात्र लगानी जुटाउनका लागि लगानीकर्ता माझ आफ्नो व्यवसायको प्रस्तुतीका लागि मौका प्रदान गरिनेछ,’ आचार्यले भने, ‘केन्द्रबाहेक जिल्लास्तरमा पनि स्टार्टअप/उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लािग भर्चुअल माध्यमबाट मेन्टरहरु उपलब्ध गराइनेछ ।’

त्यसैगरी, उक्त कार्यक्रममार्फत महासंघले प्रत्येक महिनाको पहिलो शुक्रबार हरेक क्षेत्रका सफल उद्यमीसँग स्टार्टअपहरुलाई सहयोग पुग्ने गरी ज्ञान श्रृंखलाको रुपमा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबार फ्रस्ट फ्राइडे टक आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम महासंघ सचिवालयमा दिनको ३ बजेदेखि ५ः३० बजेसम्म चल्ने आचार्यको भनाइ छ । जसमा कार्यक्रममा सफल उद्यमीहरु र यस क्षेत्रका विज्ञहरुको सहभागिता रहनेछ । साथै, आगामी अप्रिल २ तारिखमा पहिलो कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रममा हिमालयन जाभामा प्रमुख गगन प्रधानद्धारा सफल प्रेन्चाइज विजनेश मोडलका बारेमा प्रस्तुती सहित अन्तक्रिया गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए ।

त्यस्तै, सो कार्यक्रममा फ्रेन्चाइज विजनेससँग सम्बन्धि स्टार्टअप/उद्योग व्यवसायलाई सहभागी गराइनेछ । सो कार्यक्रममा सहभागितामा लागि महासंघको स्टार्टअप एण्ड इन्नोभेसन हेर्ने शाखामा सम्पर्क गरेर मात्र भाग लिन सकिने आचार्यले बताए ।

त्यस्तै, स्टार्टअपहरुलाई आवश्यक पर्ने स्रोतसँगै अन्य आवश्यक कार्यक्रमहरू उपलब्ध गराउन महासंघकै सचिवालयमा इक्यूवेसन सेन्टर स्थापना गरि प्रदान गरिनेछ । महासंघको आइहव सैनटर आगामी वैशाखबाट इक्यूवेसन सेन्टरका रुपमा समेत सञ्चालन हुने महासंघले जनाएको छ ।

महासंघ सचिवालयको माथिल्लो तल्लामा रहेको ब्याम्बो हाउसको को-वर्किङ स्पेसका रुपमा सञ्चालनमा ल्याइनेछ ।

‘जसमा महासंघका केही जिल्ला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आइएलओ, इसीमोड, काठमााडौं महानगरपालिकाका, केयू, अन्तरप्रेरणा र जिल्ला युवासंघहरू साझेदार संस्थाहरुको रुपमा रहनेछन्,’ आचार्यले भने ।

साथै, विभिन्न संघ/संस्थाको समन्वयमा स्टार्टअप डाइरेक्टरी बनाउने र डाइरेक्टरीमार्फत आफूलाई चाहेको स्टार्टअपसँग सम्पर्क गरी लगानी गर्न सक्ने अवसर सिर्जना गरिने महासंघले उल्लेख गरे ।


क्लिकमान्डु