एकैसाथ ३ वटा प्रदेशका ४ स्थानमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा शुरु



काठमाडौं । माछापुच्छ्रे बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्यूआर कोड सेवा शुरुवात गरेको छ ।

प्रदेश नम्वर २ को गोलबजारस्थित पुरानो चोहर्वा हाटबजार, बाग्मती प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा सञ्चालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, संयोग नेपाल यातायात, मुक्तिनगरयातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन त्यस्तै गरी गण्डकी प्रदेशको कावासोतीस्थित अमलटारी मध्यवर्ती होमस्टेमा गरी जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्यूआर कोड सेवा शुरु गरेको हो ।

नगदरहित कारोबारलाई प्रर्बद्धन उद्देश्यका साथ बैंकले शुक्रबार देशका विभिन्न स्थानहरुमा क्यूआर कोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो ।

उक्त क्यूआर कोड सेवा शुरु भएसँगै ग्राहकहरुले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत् डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

यहि कुरालाई मध्यनजर गर्दै बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानमा आक्रमकरुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्यान्स सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत् खाता एंव मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।


क्लिकमान्डु