नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाडौंबीच सम्झौता



काठमाडौं । नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाडौंबीच बैंकिङ्ग सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

नबिल बैंकका एसएमई तथा लघुवित्तका प्रमुख निरजकुमार बस्नेत र नेपाल औषधि व्यवसायी संघ काठमाडौंका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंक कको कर्जा नीतिको अधिनमा रहेर बैंकिङ सेवा सम्बन्धि सम्झौता भएको हो ।

सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिती थियो ।

साझेदारीको बारेमा बोल्दै नबिल बैंकका एसएमई तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, ‘नबिल बैंक औषधि व्यवसायीलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासका लागि विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ ।’


क्लिकमान्डु