मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’, यस्ता छन् सुविधा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले फागू पूर्णिमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत चैत्र ६ गतेदेखि १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १०० रुपैयाँमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिने बैंकले जानकारी दिएको छ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन दिने अफर समय अवधि चैत ६ गतेदेखि १३ गतेसम्मका लागि तोकिएको छ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशुल्क लिन सक्ने बैंकको भनाइ छ ।

होली सप्ताह अफरसँगै ग्र्राहकले चाहनुभएमा निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत् खोल्न सक्नेछन् । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु