नेपाल टेलिकमको संचालकमा अम्बिका पौडेल निर्विरोध चयन



काठमाडौं । नेपाल टेलिकममा सर्वसाधारण सेयरधनीको तर्फबाट अम्बिका पौडेल चयन भएका छन् ।

टेलिकमको एकजना संचालक सर्वसाधारण सेयरधनीको तर्फबाट चुनिने व्यवस्था छ । ४ वर्षको कार्यकालको लागि पौडेलले संचालकमा उम्मेद्वारी दर्ता गरेका थिए । पौडेल बाहेक अरुको सर्वसाधारण सेयरधनीको लागि मनोनयन नपरेपछि पौडेल निर्विरोध नेपाल टेलिकमको संचालकमा चयन भएका हुन् ।

चैत १३ मा हुने टेलिकमको साधारणसभाले पौडेललाई संचालकमा चयन गर्ने छ । पौडेल नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर कार्यकारिणी सदस्य निर्वाचित भएका थिए । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष पौडेल ठूला सेयर लगानीकर्ता मध्येका एक हुन् ।


क्लिकमान्डु