सुनिल केसी महासंघको अन्तर्राष्ट्रिय लगानी प्रबर्द्धन समितिको सल्लाहकारमा नियुक्त



काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय लगानी प्रबद्र्धन समितिको सल्लाहकारमा नियुक्त भएका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले केसीलाई नियुक्त गरेका हुन् ।

युवा उद्यमी केसी व्यवसायी हुनुका साथै नेपाल–भारत सम्बन्ध लगायत अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धका बिषयमा जानकार समेत छन् ।

लामो समयदेखि आर्थिक कूटनीतिको क्षेत्रमा कार्य गर्दै आएका केसी काठमाडौमा स्थित एशियन ईन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफेयर्स (आईडा)मा संस्थापक प्रमुखको रुपमा समेत नेपाल तथा अन्तर्राष्ट्रिय कूटनीतिको क्षेत्रमा निरन्तर सकृय व्यक्ति छन् ।

नेपालमा सम्पन्न ‘लगानी सम्मेलन’ तथा नेपाल उद्योग परिसंघको ‘पूर्वाधार सम्मेलन’ आयोजनामा पनि उनले संलग्नता रहेको थियो ।


क्लिकमान्डु