वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा सुबोधकुमार गुप्ता सर्वसम्मत अध्यक्ष चयन



वीरगन्ज । वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा सुबोध कुमार गुप्ता चुनिएका छन् । गुप्ता सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । उनी यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए । गुप्ता उद्योग वाणिज्य महासंघमा कार्यकारिणी सदस्य समेत हुन् ।

वीरगंज उद्योग वाणिज्य संघको ४५ औं साधारणसभाले गुप्ताको नेतृत्वमा नयाँ कार्यकासमिति चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल(पाटवारी), द्वितिय उपाध्यक्षमा हरि गौतम निर्वाचित भएका भए ।

कोषाध्यक्षमा गोबिन्द प्रसाद साह निर्वाचित भए। सह कोषाध्यक्षमा प्रेमचन्द्र गोयल चुनिए । सचिवमा उद्योगतर्फ अरबिन्द अमात्य र वाणिज्यमा अशिष लाठ चुनिए ।

उद्योगतर्फ सहसचिवमा सुशान्त चाचान, वाणिज्य सहसचिवमा अनुजकुमार रुंगटा चुनिएका छन् ।


क्लिकमान्डु