ताप्लेजुङको दोभानका आगलागी पीडितलाई नाडाको २० लाख सहयोग



काठमाडौं । नाडाले ताप्लेजुङ्गको दोभानमा भएको आगालागी पीडितलाई लागि नाडाले २० लाख १ हजार सहयोग गरेको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदसिय नाडा प्रतिनिधिले आज भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङ्गसंग भेटेर पिडितहको लागि जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गलाई २० लाख एक हजार सहयोग गरेको हो ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरु संग रकम संकलन गरी जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङ्गको नाममा चेक मन्त्रीलाई हस्तान्तरण गरेको नाडाले जनाएको छ ।

उक्त छलफलको क्रममा भौतिक, पूर्वाधार तथा यातातात मन्त्री नेम्बाङ्गले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोग गरेको बताए । साथै, मन्त्रीबाट पनि नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरी प्रदेश सांसदमार्फत् जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरी नाडालाई समेत जानकारी दिए ।


क्लिकमान्डु