एक विटक्वाइनको मूल्य ७१ लाख पुग्यो, टेस्लाको लगानीपछि नयाँ उचाई चुम्दै



एक बिटक्यानको मूल्य ७१ लाख रुपैयाँ बराबर पुगेको छ । पछिल्लो कारोबारमा ८ प्रतिशतले वृद्धि भई बिटक्वाइनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

सन् २०१७ को डिसेम्बरमा १९ हजार ८७३ अमेरिकी डलर बराबरको मूल्य रहेको बिटक्वाइनको मूल्य लगातार उकालो लाग्दै आएको छ । सन् २०२० को मार्चमा एक बिटक्वाइनको मूल्य ११०० प्रतिशतले बढेको थियो ।

कोरोनाका कारण गत वर्षको मार्चमा बिटक्वाइनको मूल्य ४ हजार डलर प्रतियूनिट भन्दा तल पुगेको थियो । अमेरिकी डलर कमजोर भएपछि यसको मूल्य उच्च अंकमा बढेको थियो । अमेरिकको ब्रोकरेज तथा टे«डिङ फर्म इ टोराका अनुसार उल्लेख्य संख्यामा बिटक्वाइनको खरिद बिक्री भएको थियो ।

हाल झण्डै ३६५ बिलियन डलर बराबरको बिटक्वाइनको सर्कुलेशन भइरहेको छ ।

संसारको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन फर्म ब्ल्याकरकको अनुमान छ कि सेफ हेभेन च्वाइसका रुपमा रहेको बिटक्वाइन सुन भन्दा असाध्यै महंगो हुने देखिएको छ ।

पछिल्लो दिनमा लगातार उकालो लागेको मूल्यले पनि सोही कुराको संकेत गरेको छ । सानो क्रिप्टोकरेन्सी सुमार इथेरियम, एक्सआरपी, लाइटक्वाइन तथा स्टेलरको मूल्य बढोत्तरी भएर बिटक्वाइन तेज भएको छ ।

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले पनि बिटक्वाइनमा लगानी गरेको छ । कम्पनीले आगामी दिनमा बिटक्वाइनबाटै पेमेन्ट गर्ने गरी आवश्इक तयारी पनि गरेको छ ।

टेस्लाले पछिल्लो महिना आफनो इन्भेस्टमेन्ट पोलिसी अपडेट गरेको छ । त्यसमा कम्पनीले बताएअनुसार केही अल्टरनेटिभ रिजर्भमा समेत लगानी गर्ने छ । त्यसमा विद्युतीय सम्पत्ति, गोल्ड बुलियन, गोल्ड एक्सचेञ्ज टे«डिङ फण्ड समेत समावेश छ ।

त्यसमा कम्पनीको १.५ बिलियन डलर यानी कि करिब ११ हजार करोड बराबर लगानी गरेको छ । सन् २००८ मा बिटक्वाइनको खोज भएको थियो । आधिकारिक रुपमा सन् २००९ मा सार्वजनिक भएको थियो । नेपाल तथा भारतमा भने बिटक्वाइनको कारोबारलाई कानुनी मान्यता दिइएको छैन ।


क्लिकमान्डु