स्टाण्डर्ड चार्टर्ड ,एभरेष्ट र हिमालयन बैंकको ब्याजदर सार्वजनिक, कुनमा कति ब्याजदर ?



काठमाडौं । स्टाण्डर्ड चार्टर्ड,एभरेष्ट र हिमालयन बैंकले नयाँ ब्याजदरको सूचना निकालेका छन् ।

स्टाण्डर्ड चार्टर्ड बैंकको कर्जाको न्यूनतम आधार दर ६.०७ प्रतिशत रहेको छ ।एभरेष्ट बैंकको ६.४० प्रतिशत रहेको छ । हिमालयन बैंकको बेसरेट ६.८३ प्रतिशत रहेको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकको ब्याजदर पुरानै कायम छ । जसमा व्यक्तिगत तर्फ एकवर्षे मुद्दती निक्षेपमा ६ पूतिशत ब्याजदर प्रस्ताव छ भने बचत खातामा २ प्रतिशत ब्याजदर छ ।

यस्तै एभरेष्ट बैंकले एकवर्षको व्यक्तिगतमा ६.२५ प्रतिशत तथा संस्थागतमा ६ प्रतिशत ब्याजदरको अफर गरेको छ । सामान्य बचत खाताको ब्याजदर २ प्रतिशत छ ।

हिमालयन बैंकले ६ महिनासम्मको मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ६ प्रतिशत ब्याजदर दिने छ । संस्थागत तर्फ ६ महिनाको ६ प्रतिशत नयाँको लागि रिन्युको लागि साढे ६ प्रतिशत ब्याजदर तोकेको छ ।


क्लिकमान्डु