अछाममा बजाजको नयाँ शोरुम



काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम शुभेच्छा ट्रेडर्स एण्ड सप्लायर्सको उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा शोरुम संचालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन शुभेच्छा ट्रेडर्स एण्ड सप्लायर्स अछामका प्रोपराइटर भरत खड्कालाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी अछाममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ । उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’

अछाममा यो नयाँ शोरुम विस्तारसँगै ग्राहकहरुको जीवन सहज हुने कम्पनीको विश्वास छ । उपभोक्ताले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् गुरुङको भनाई छ । शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।


क्लिकमान्डु