पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापना हिमालयन बैंकले दियो १ करोड
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणका लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई रु. १ करोड प्रदान गरेको छ ।
बंैक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रञ्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोबीच सो सम्बन्धि चेक हस्तान्तरण गरे ।
उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शमसेर राणा, बैंकका महाप्रबन्धकहरु सुशिल जोशी, श्री अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका सञ्चालक प्रतिमा पाँडेको उपस्थिति थियो ।
र्बैंकले आफ्नो स्थापनाकालदेखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण÷पुनस्र्थापना वित्तिय साक्षरता, वातावरण संरक्षण, जनचेतनाआदि जस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ ।