सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने मंगलबार ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ थियो भने मंगलबार १० रुपैयाँ घटेर १२ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु