अन्तर्राष्ट्रिय अध्ययन भन्छः आर्थिक स्वतन्त्रता चाहन्छन् महिला



अन्तर्राष्ट्रिय महिला दिवस सोमबार संसारभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । यस दिवसको अवसरमा संसारभर नै महिलाका आर्थिक चाहना अवस्थाकाबारेमा फरक–फरक खालका अध्ययन अनुसन्धान एवम् खोज भएका छन् । विभिन्न खालका अनुसन्धान पनि भएका छन् ।

यस दिवसको अवसरमा महिलाले के चाहन्छन् , उनीहरुको ५ चाहना र चिन्ता के होला भन्ने बारेमा खोज तथा अनुसन्धान गरिएको छ । यही खोज तथा अध्ययनका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

महिला चाहे गृहणी होस् वा पेशामा नै रहेका हुन् । उनीहरु आफनो जीवनकालमा बच्चा, परिवार तथा आफनाहरुप्रति समर्पित हुन्छन् । देश दुनिया, समाज तथा परिवार नै उनीहरुको सबैभन्दा ५ प्रमुख रुपमा केन्द्रमा रहन्छ ।

यस्तै ५ वटा चिन्ता पनि त्यसमा जोडिएर आएका छन् । सबैभन्दा राम्राका लागि आखिर सबैभन्दा राम्रा कुरा के होलान् भन्ने बारेमा पनि उनीहरुको चाहना रहेको छ । त्यसका लागि खास कुरा के हुन्छ भन्नेबारेमा पनि खोज रहनुपर्छ ।

अध्ययनअनुसार कूल ९२ प्रतिशत महिलाको सबैभन्दा राम्रो र खास चाहना भने रोजगारी नै रहेको छ । रोजगारी पाउने समान अवसर नै होस् भन्ने चाहना रहेको हुन्छ । यस्तै ९५ प्रतिशत पुरुष पनि मान्छन् कि महिलाको रोजगारी भएको खण्डमा परिवार तथा आफनो जीवन सहज रुपमा सुधार गर्न सकिन्छ ।

सबैभन्दा ठूलो आशा यो हुन्छ कि उनीहरु बराबरी रुपमा शिक्षा, सुख , पैसा ओर खुसीयाली चाहन्छन् ।

यस्तै समानता नै अर्को सबैभन्दा ठूलो चाहना रहन्छ । मलाई बराबरीको हक मिल्छ कि मिल्दैन, केवल रोजगारीको अवसर सहज रुपमा मिल्छ कि मिल्दैन कि वा घर तथा समाजका हर क्षेत्रमा आफनो भविष्य सहज रहन्छ कि रहँदैन भन्ने पनि रहन्छ ।

यस्तै शिक्षा नै सबैभन्दा ठूलो सफलताको सिँढी हो । मलाई मेरो बालबच्चाको शिक्षा दिक्षाको राम्रो मौका मिलोस् भन्ने महिलाले चाहन्छन् । तर, समाज चाहन्छ कि छोरीका लागि उच्च शिक्षा आवश्यक छ र ? तर, महिला चाहन्छन्, राम्रो शिक्षाका कारण मेरा छोरा छोरीको जीवन सैभन्दा राम्रो हुन्छ ।

आर्थिकरुपमा स्वतन्त्रता पाउनु महिलाको सबैभन्दा उत्कृष्ठ चाहना हुन्छ । मेरो आफनै बैंक ब्यालेन्स होस् ता कि म कोही कसैमाथि पनि निर्भर हरनु नपरसोस् । आफनो फैसला आफै गर्न सकू अर्थात्, आर्थिक स्वतन्त्रता पाऊ भन्ने नै रहन्छ ।

यस्तै परिवारको खुसीयालीको बारेमा पनि उनीहरुको उत्तिकै महत्वपू्र्ण सोच रहन्छ । पतिको रोजगारी राम्रो भएको खण्डमा मात्रै बाल बच्चाको पढाई राम्रो हुने र सबैलाई खुसी मिल्ने चाहना रहन्छ । यस्तै, कोही पनि बिमारमा नपरुन् भन्ने चाहना रहन्छ ।

यस्तै महिलाले बढी चिनता गर्ने ५ प्रमुख विषय पनि रहेका छन् । त्यसमा सम्मान, सुरक्षा, दाइजो एवम् महंगी एवम् मौका नै रहन्छ । उनीहरु चाहन्छन् कि नारीको सम्मान समान होओस् । यस्तो अवसर समाजमा कहिले मिल्छ भन्ने बारेमा पनि उनीहरुको चाह रहेको छ । म चाहे घरमा नै बसू वा रोजगारीमा जाऊ हर, क्षेत्रमा उचित सम्मान होओस् भन्ने चाह रहेको हुन्छ । उनीहरु चाहन्छन्, आम मानिसको हेर्ने दृष्टिकोण कहिले बदलिन्छ ।

यस्तै आफनो परिवारको सुरक्षाको चिन्ता उनीहरुले गर्ने गरेका हुन्छन् । दिन रात जुनसुकै समयमा पनि आफू सुरक्षित हुन पाइयोस् वा अपराधीहरु निर्मल होऊ्न भन्ने उनीहरुको चाहना हुन्छ ।

सरकारले दाइजो प्रथाको उन्मूलन गरेको भएपनि समाजमा अझै पनि ठूलो कुरुतीका रुपमा उक्त प्रथा कायम नै रहेको छ । आखरि मंहगी कहिले कम होला र गृहिणीका लागि कहिले सुविधा पाइन्छ भन्ने उनीहरुको चाहना हुन्छ ।


क्लिकमान्डु