सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ८६ हजार १ रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ६ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ थियो भने सोमबार १५ रुपैयाँ बढेर १२ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु