त्रिनगर कृषि हाटबजार धनगढीमा सनराइज बैंकको क्युआर सेवा



काठमाडौं । नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ ।

यसै अनुरुप बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको शुरुवात गरेको छ ।

उक्त कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर निर्पबहादुर वड, सन्राइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाही, त्रिनगर कृषि हाटबजार ब्यबस्थापन समिती धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश बि.क. र शाखा प्रबन्धक धर्मकुमार बिष्ट बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

सनराइज बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर निर्पबहादुर वडले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पु¥याउन धनगढी उप–महानगरपालिकाले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नुपर्ने बताए ।

डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाइ थियो ।

सोही कार्यक्रममा सन्राइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सन्राइज बैंकले सबैक्षेत्रकास–साना तरकारी पसल, फलफुल पसल, किराना पसलदेखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागू गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताए ।

साथै त्रिनगर कृषि हाटबजार व्यवस्थापन समिति धनगढीका भवानी सिं चैसिरले अब त्रिनगर कृषी हाटबजारमा तरकारी तथा फलफूूल खरिद बिक्रि गर्न आउने व्यक्तिहरुले स(साना कारोबारमा समेत डिजिटल बंैकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताए ।


क्लिकमान्डु