नारी दिवसको अवसरमा सांग्रिला डेभलपमेण्ट बैंकले ल्यायो नारी बचत खाता
काठमाडौं । नारी दिवसको अवसरमा सांग्रिला डेभलपमेण्ट बैंकले ल्यायो नारी बचत खाता शुरुवात गरेको छ । विशेष गरी १८ वर्ष उमेर पूरा भएका महिलाको हितलाई उच्चतम ब्याजदरसहित उक्त योजना ल्याइएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार उक्त बचत खातामा ५ प्रतिशतका दरले ब्याज पाउनेछन् । तथा लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था साथै मोबाइल बैंकिङ तथा भिसा डेबिट कार्ड सुविधा पहिलो वर्षका लागि निःशुल्क हुनेछ । यसका साथै ग्राहकले बैंकका ९५ वटै शाखाबाट यस प्रकारको बचत गर्न सक्नेछन् ।