सर्वोच्चले सुनायो फैसलाः नेकपा पार्टी ऋषिराम कट्टेलको



काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामक पार्टी ऋषिराम कट्टेलको भएको फैसला गरेको छ ।

तत्कालीन समयमा माओवादी केन्द्र र नेकपा एमालेले पार्टी एकीकरण गरी नेकपा बनाइएको थियो । त्यसको विरुद्ध कट्टेलले नेकपा आफ्नो पार्टी भएको भन्दै मुद्दा दर्ता गरेका थिए ।

सर्वोच्च अदालतले आइतबार फैसला गर्दै नेकपा ऋषिराम कट्टेलकै पार्टी भएको बताएको हो । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीले संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।


क्लिकमान्डु