थानकोट डिपोको पहिलो चरणको कार्य सम्पन्न



काठमाडौं । नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय रि–इन्जिनियरिङ परियोजनाको पहिलो चरणको कार्य सम्पन्न भएको छ ।

आधुनिक टीएफएलएफ सिड निर्माण, दुई सय ट्याङ्क ट्रक, पार्किङ गर्न सकिने पार्किङ यार्ड, फायर फाइटिङ सिस्टम, फ्लो सिड मिटर तथा सिभिल वर्क अन्तर्गत आरसीसी एक्सिस रोड र बाउन्डरी वालको कार्य सम्पन्न भएको निगमले जनाएको छ ।

निगमले २०५८ सालमा नेपाल आयल निगम लिमिटेड इन्धन डिपो थानकोटको स्थापना भई यस उक्त क्षेत्रमा पेट्रोलियम पदार्थहरूको बिक्री वितरण शुरु भएको थियो ।

करिब १०६ रोपनीमा क्षेत्रफलमा फैलिएको डिपो परिसरमा ८४ सय किलोलिटर, पेट्रोल ६ हजार ८० किलोलिटर र मट्टितेल ७ सय ६० किलोलिटर भण्डारण क्षमताका स्टोरेज ट्याङ्क छन् ।

यस डिपोबाट हाल बागमती प्रदेशका १० वटा जिल्लामा रहेका १८० पेट्रोल पम्पहरुबाट पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेको छ ।


क्लिकमान्डु