सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ८५ हजार ६ रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार ५ सय रुपैयाँले बढेर ८६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने आइतबार ८५ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ थियो भने आइतबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु