नेपाल ब्रुअरी कम्पनी हाताभित्र आगलागी   



फाइल तस्बिर

बाग्मति । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा औद्योगिक क्षेत्रमा रहेको नेपाल ब्रुअरी कम्पनी प्रालि (वियर उद्योग) हाताभित्र आज आगलागी भएको छ ।

उद्योग परिसरको पछाडिको खाली जग्गा भागमा रहेका विभिन्न पुराना मालसमान आगलागीबाट क्षति भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए ।

आगलागीका नियन्त्रणका लागि दुई वटा दमकल प्रयोग गरिएको थियो । क्षतिको विवरण आउन वाकी छ । आगलागीबाट ठूलो क्षति भएको जनाइएको छ ।


क्लिकमान्डु