सेवाग्राहीसँग घुस लिने विद्युत् प्राधिकरणका कर्मचारीविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्रका कर्मचारीलाई सेवाग्राहीसँग अतिरिक्त रकम लिएको आरोपमा पक्राउ गरेको छ ।

सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नोलाइट धनुषामा कार्यरत सुपरभाइजर जगत नारायण साह, इलेक्ट्रिसियन येम कुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवल किशोर राउत र मनोहर कुमार महतोले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले

सेवाग्राहीबाट पाँच हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र अन्तर्गत ढल्केवर नोलाइटमा कार्यरत उनीहरूले विद्युत मिटर जडान गराई दिएवापत ५ हजार घुस लिएको पुष्टि हुन भएकाले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको गरिएको अख्तियारले जानकारी दिएको छ ।


क्लिकमान्डु